Incident Reports

रामेछापमा दूई समूहबीच झडप : ८ जना घाइते, दुईको अवस्था गम्भीर

2018-11-09

Bagmati, Ramechhap, Manthali, Ward 7

मन्थली नगरपालिका वडा नम्बर–७, भटौलीमा शुक्रबार राति दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् ।

झडपमा परि घाइते हुनेहरुमा सन्तोष माझी, सोममाया माझी, पूर्णवहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेमध्ये पूर्णबहादुर माझी र सोममाया माझीको अवस्था चिन्ताजनक रहेको छ । उनीहरु दुवैको अहिले काठमाडौंमा रहेको नर्भिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको र उपचारका लागि खर्च जुटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुवैको टाउँकोमा गम्भिर चोट लागेको छ । उनीहरुको उपचारका लागि तत्काल ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भएकाले पैसा जम्मा गर्ने काममा आफू लागि परेको थापाले बताए ।

घटनापछि फरार रहेका त्यही गाउँका बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ । उनीहरुमध्ये ४ जनालाई सिन्धुली जिल्लाको खाल्टेमा पक्राउ गरेको हो भने अन्य ४ जनालाई आफ्नै गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सदरमुकाम मन्थलीबाट झण्डै एक घण्टाको दूरीमा रहेको भटौलीमा गएको वर्ष तिहारमा पनि यस वर्षको जस्तै विवाद भएको थियो । त्यही विषयलाई लिएर यसवर्ष पनि घटना घटेको स्थानियहरुले वताएका छन् । भाइटीका लगाएर देउसी खेल्न गएका उनीहरुलाई बलबहादुर माझीको नेतृत्वमा गएको टोलीले अकस्मात आक्रमण गरेको स्थानियले बताएका छन् । गएको वर्षको घटनामा पनि केही व्यक्ति घाइते भएका थिए ।




Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 8
Female Injured 2
National/Online Media

0 Comments

Related Reports