Incident Reports

एमाले कार्यकर्ता कुटिए l

2013-11-12

सिरहा । ०७० कात्तिक २६ गते, एकीकृत माओवादीका कार्यकर्ताहरूले सिरहा क्षेत्र नम्बर ५ को रामपुर विर्ता गाविस ८ एमालेका ५ जना कार्यकर्ताहरूलाई कात्तिक २६ गते कुटपिट गरेका छन् । रामपुरबिर्ता गाविस-८ स्थित मनहर्वामा एमालेको घरदैलो अभियानमा रहेका एमालेका कार्यकर्ताहरूलाई खानाको ब्यवस्था गरेको आरोपमा सोही गाविसका ५० वर्षीय मोहम्मद शेख सहीदुल, उनका १५ वर्षीय छोरा मोहम्मद सहावुद्दिन बडहरामाल गाविसका १९ वर्षीय सुमित यादव, १९ वर्षीय रेशमलाल मुखिया र राघोपुर गाविसका १८ वर्षीय रुपेश यादब लगायतलाई कुटपिट गरेका हुन् । कुटपिटबाट शेख सहीदुलको नाकमा चोट लागि रगताम्मे भएको पीडितले बताए । पीडित शेख सहीदुलका अनुसार एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठको घरदैलो कार्यक्रम रहेकाले मनहर्वा चौकमा दर्जनौ मोटरसाईकल र जीप राखिएकोमा सो ठाउँमा प्रहरीहरू समेत उभिएका थिए । नजिकै खाना पकाईरहेको ठाउँमा आफू उभिएको वेला एकिकृत माओावदीका श्रवण यादवको नेतृत्वमा आएका ४० जना जती कार्यकर्ताहरूले उनी लगायत एमालेका कार्यकर्तालाई खाना ख्वाउने भन्दै लाठि मुडकीले हिर्काको बताए । उनका अनुसार एमाओवादीका जिल्ला संयोजक अविनाशसँग गुहार माग्दा पनि वास्ता नगरेको बताए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीले सामान्य कुटाकुटमा शेख शहिदुलको नथ्री मात्र फुटेको अरु सामान्य केही पनि नभएको बताए । उनका अनुसार प्रहरी समक्ष उजुरी नआएको बताए । एमालेका कार्यकर्ताहरूले भने घटना लगत्तै प्रहरीलाई खवर गरिए पश्चात प्रहरी सो ठाउँमा पुगे पनि दोषीलाई नियन्त्रणमा लिनुको साटो सो ठाउँबाट उल्टै भगाईदिएको आरोप लगाएको छ । दोषीहरूमाथि कडा कारबाही नभए जस्तोसुकै आन्दोलनका क्रियाकलाप गर्न तयार रहेको एमालेका जिल्ला अध्यक्ष लिलानाथ श्रेष्ठले बताए । एमाओवादीका केन्द्रीय सदस्य हरिनारायण चौधरीका अनुसार रामपुर विर्तामा एमालेसँग झडप भएको सुने पनि आफूलाई घटनाबारे विस्तृत जानकारी नभएको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis