Incident Reports

दाङमा ७ वटा मोटरसाईकमा आगजनी

2018-12-03

Lumbini, Dang, Lamahi

दाङमा गोरु किन्ने समुह र गाउँलेहरुका बीचको विवाद गम्दीमा गएराति तनाव उत्पन्न भएको छ ।

आधा दर्जन जति  मोटरसाईकलमा गाउँलेहरुले आगजनी गरिदिएका छन् भने गोरु किन्ने समुह भागेर ज्यान जोगाउन सफल भएका छन् । सोमवार विहान प्रहरीले खोज्दा गम्दी गाउँमा ७ वटा मोटरसाईकल पूर्ण रुपमा जलेर ध्वस्त भएको पाइएको छ भने दुईवटा मोटरसाईकल खरकट्टीमा सकुशल अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै थप अर्कौ मोटरसाईक नजिकैको गाउँमा आगजनी भएको अवस्थामा फेला परेको छ ।

जम्मा ९ वटा मोटरसाईकल फेला परेको मध्य ७ वटा आगजनी भएको अवस्थामा फेला परेका छन् भने दुईवटा भने खरमा सकुशल अवस्थामा फेला परेका छन् । प्रहरीले रातको समयमा खरकट्टीमा लुकेर बसेका एकजना लमहीका युवा अर्जुनकुमार गुप्तालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । 

लमही नगरपालिका वडा नं. ८ को सतवरिया र राजपुर गाउँपालिकाको सीमाना क्षेत्रमा गएराति सवा ९ बजेतिर उत्पन्न विवादका बीच गाउँलेहरुले ७  वटा मोटरसाईकलमा आगजनी गरेर ध्वस्त पारेका थिए ।   सोमवार विहानै राजपुर गाउँपालिका  वडा नं. ५ को गम्दी क्षेत्रमा प्रहरी पुगेर आगजनी भएका मोटरसाईकलको खोजी गरिरहेको छ ।

स्थानीयका अनुसार गएराति केही  युवाहरु गोरु डोर्याउँदै राजपुर गाउँपालिका हुँदै जंगलको बाटो  जाँदै गरेको देखेपछि स्थानीयले आशंका गर्दै कहाँ लैजान लागेको भन्ने सोधपुछ गर्दा त्यहाँ दुबै पक्षका बीचमा तनाव उत्पन्न भएको थियो ।  गाउँलेहरुले गोरुको तस्करी भइरहेको आशंकामा त्यो रोक्न खोज्नु र गोरु लैजाँदै गरेका युवाहरुले थप युवाहरुलाई त्यहाँ सहयोगको लागि बोलाउँदा झडपको स्थिति उत्पन्न भएको खुल्न आएको छ ।  

 ‘गोरु लैजान खोज्नेहरुले लमही क्षेत्रवाट गुण्डाहरु हतियारसहित रातिमै बोलाए,’ एकजना स्थानीयले भने ‘ उनीहरु हो–हल्ला गर्दै गाउँमा पसे र हतियार देखाउँदै कुटपिट र लुटपिट गर्न थालेपछि गाउँलेहरु आक्रोसित भएका हुन।’

रातको समयमा गाउँमा नचिनेका युवाहरु पसेर धम्काउन थालेपछि सबै गाउँलेहरु भेला भएपछि  ती धम्काउने युवाहरुको सामुहिक रुपमा लखेटेको उनले बताए ।

युवाहरु ज्यान जोगाउन मोटरसाईकल सहित भागेतापनि झुलुङ्गे पुल नजिकै मोटरसाईकलमा अगाडि जाने  बाटो नभएको हुँदा उनीहरु मोटसाईकल त्यही छोडेर भागे पछि ती मोटरसाईकलमा गाउँलेहरुले आगजनी गरेका थिए ।


गाउँलेहरुले गोरु तस्करी भइरहेको भन्दै त्यो रोक्न प्रयत्न गर्नु र अर्कौ पक्षले आफुहरुले किनेर ल्याएका गोरु लैजान पाउनु पर्छ भन्ने अडान गर्नुले उक्त घटना भएको स्थानीयले बताएका छन् । स्थानीय गाउँलेहरुले प्रहरी र केही तस्करहरुको सेटिङमा गाई गोरु नेपालको सीमानाका हुँदै बंगलादेशमा पुर्याउने गरेको बताउँदै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Totally damaged Vehicles 7
Severely damaged Vehicles 7
Other Sources

0 Comments

Related Reports