Incident Reports

शिक्षकको यातनाका कारण विद्यार्थी बेहोस !

2018-11-29

Madhes, Sarlahi, Bagmati, Ward 4

बागमती गाउँपालिका–४ प्युटारस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी दर्शन गौतमलाई होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गराउँदा बेहोस भएको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित बालकलाई विज्ञान विषय पढाउने कक्षा शिक्षक ब्रजकिशोर शाहले होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गर्न लगाएका थिए ।

गौतम १ सय ५० पल्ट उठबस गर्दागर्दै बेहोस भएर भुँइमा ढलेपछि उनलाई स्थानीय स्वास्थ्यचौकी लगिएको गौतमका एक साथीले बताए ।

पीडित गौतमले भने–‘मलाई उठबस गर्न गाह्रो भयो सर भन्दा पनि उहाँले सजाय दिन छोड्नु भएन । मैले मङ्सिर १२ गते चापागाउँमा दिदीको बिहे भएकोले छुट्टी माग गरी निवेदन दिएको थिएँ । तर, त्यसको वास्ता गर्नु भएन ।’

मङ्सिर १३ गते दर्शनलगायत पाँच जना विद्यार्थीलाई उठबस गराएको विद्यालयका प्रधानाध्यापक ठाकुर लामाले स्वीकार गरे ।

घटना भएको बारेमा विद्यालय प्रशासनले पीडित परिवारलाई कुनै जानकारी नदिएको र पीडित बालकले समेत घरमा अभिभावकले गाली गर्ने डरले केही नभनेको बताइएको छ ।

उनी भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि यातनाका कारण बेहोस् भइ स्वास्थ्यचौकीमा लगेर साथीहरूले उपचार गराएको खुलासा गरेका थिए ।

भाइ राम्रोसँग हिँडडुल गर्न नसक्ने देखेपछि विद्यालयमा गएर छलफल गर्दा कुनै सुनुवाइ नभएको पीडितका दाजु दीपक गौतमले बताए ।

दर्शनलाई सदरमुकामस्थित पाटन अस्पतालमा ल्याएर उपचार गरिएको पीडितका बुवा टुकनाथ गौतमले बताए । गौतमले भने–‘आफूले यसबारे विद्यालयका प्रधानाध्यापक ठाकुर लामालाई भनेँ । तर, मेरो कुरा सुन्नै चाहेनन् । यही कुरा लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन लामा कहाँ पुग्दा उनी पनि म देख्ने बित्तिकै भागे ।’

विद्यालयका प्रधानाध्यापक ठाकुर लामासँग सम्पर्क गर्दा विद्यार्थीको स्वास्थ कमजोर भएकोले उनी उम्भिएको ठाउँबाट ढलेको बताए । उनले भने–‘दर्शनलाई मात्र नउभ्याएर गृहकार्य नगर्ने सबै विद्यार्थीलाई उभ्याइएको रहेछ । तर, दर्शनको स्वास्थ कमजोर भएकाले उ बेहोस भई ढलेको जानकारी पाएपछि कक्षामा गएर विद्यार्थीको उद्धार गरी आराम गराएर घरमा पठाइएको थियो ।’

अरोपित शिक्षक ब्रजकिशोर शाहले होमवर्क नगरेको भन्दै पाँच जना विद्यार्थीलाई उभ्याएको उल्लेख गर्दै कक्षामा पठनपाठनपछि मात्र हाजिरी गर्ने बानीले गर्दा दर्शनको अघिल्लो दिनको अनुपस्थिति र विदाका लागि दिएको निवेदनबारे अनविज्ञ हुँदा घटना भएको बताए ।

बागमती गाउँपालिकाका शिक्षा अधिकृत लोकेन्द्रबहादुर विष्टले घटनाबारे जानकारी नभएको उल्लेख गर्दै विद्यालय प्रशासनसँग जानकारी माग गरी नियमानुसार आवश्यक कारवाही गर्ने बताए ।

बागमती गाउँपालिका–४ का वडाअध्यक्ष नारायणबहादुर घलेले आफूले १६ गते विद्यालय प्रशासनसँग मौखिक स्पष्टिकरण लिँदा शिक्षक तथा विद्यालय प्रशासनले गल्ती स्वीकार गरी आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएको उल्लेख गर्दै दर्शनको उपचारपछि विद्यालयमा बोलाएर औषधि उपचार खर्च आरोपित शिक्षकलाई तिराउने र लिखित प्रतिबद्धता गराउने सहमति भएको बताए ।

पीडित बालक केही थकित र तनावमा रहेको पाइएकोले उनलाई केही दिन घरमै आराम गराउने सल्लाह दिएको पाटन अस्पतालकी बालरोग चिकित्सक रतिना राजभण्डारीले बताइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments