Incident Reports

सडक बन्द गर्न खोज्ने दुईजना गिरफ्तार l

2013-11-12

Karnali, Salyan, Kapurkot

Meena Budathoki सल्यानमा सडक बन्द गर्न खोज्ने दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । राप्ती राजमार्ग अन्तर्गत रिम गाविसमा सडकमा ढुङ्गा राखेर बन्द गर्न खोज्ने क्रममा दुई जनालाई प्रहरीले कात्तिक २६ गते राति गिरफ्तार गरेको हो । प्रहरीले गिरफ्तार गरेकामा रिम गाविस-३ का विशाल भनिने २१ वर्षीय अविनास रोका र १८ वर्षीय भुपेन्द्र रोका रहेका छन् । सडकमा ढुङ्गा राखेर बन्द गर्दै गर्दा स्कटिङ्मा गएको प्रहरीको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी लालमणि आर्चायले बताए । नेकपा-माओवादीले बन्द गरेको समयमा सेना र प्रहरीको टोलीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको थाहा पाएपछि अबरुद्ध गर्ने प्रयास गरेको हुन सक्ने प्रहरीले बताएको छ । उनिहरूलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मिना बुढाथोकी

0 Comments

Related Reports
Related Trend Analysis