Incident Reports

छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

2018-12-05

Madhes, Dhanusha, Janakpur, Ward 24

जनकपुर उपमहानगरपालिका–२४ सोनापडाकी १६ वर्षीया सोनीकुमारी मण्डललाई मङ्सिर १९ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीया आमा राजकुमारी मण्डलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ ।

गिरफ्तारपछि घटनाका आरोपित राजकुमारीलाई पत्रकार सम्मेलनमार्फत प्रहरीले सोही दिन सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द थपलियाका अनुसार आठ कक्षामा अध्ययनरत सोनी केही समयदेखि प्रेममा परेकी थिइन्, प्रेमीसँग बिहे गराइदिनुपर्ने भन्दै आमासँग जिकिर गरिरहँदा विवाद बढेपछि आमाले हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएकी छन् ।

घरमा छोरीसँग हरेक दिन विवाद र झगडा हुन थालेपछि केही समययता आमा छोरी अलग्गै भान्सा बनाएर खाना खाँदै आएका थिए ।

मङसिर १९ गते दिउँसो खाना पकाउने बेला भान्सा कोठामा समेत आमा छोरीको झगडा भएको र सोही क्रममा छोरीले आमालाई ढोकामा लगाउने आग्लोले निधारमा हिर्काएको प्रहरीले जनाएको छ ।

प्रतिकारमा आमाले छोरीलाई घाँटीमा दुवै हातले च्यापेपछि केही बेरमा उनी बेहोस भएर भुइँमा लडेकी थिइन् ।

राजकुमारीका पति रामवरण मण्डल फर्निचर व्यवसायी हुन् । शवको पोष्टमार्टम जनकपुर अञ्चल अस्पतालमा मङ्सिर २० गते गरिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Bara

0 Comments