Incident Reports

अज्ञात पक्षबाट हुम्लाका तीन ओटा विद्यालय एकै रातमा तोडफोड

2018-12-07

Karnali, Humla, Simkot, Ward 6

हुम्लाको सदरमुकाम सिमकोटमा रहेका तीन ओटा विद्यालय एकै रातमा अज्ञात पक्षले तोडफोड गरेको छ ।

जिल्लामा दिन प्रति दिन चिसो बढेसँगै घर भन्दा बाहिर कोही मानिस निस्कन नसक्ने भएका कारण अज्ञात पक्षबाट तोडफोडका घटना हुन थालेका छन् ।

तोडफोड हुने विद्यालयमा सिमकोट गाउँपालिका–६ स्थित समता विद्यालय, सोही ठाउँकै मानसरोवर मावि र कैलाश बोधी बोर्डिङ्ग स्कुलमा मङ्सिर २१ गते राति तोडफोड गरिएको छ ।

बजारको मध्य क्षेत्रमा रहेको समता विद्यालयबाट ३५ हजार नगद लगेको र विद्यार्थीहरू बस्ने टेवुल समेत तोडफोड गरेको समता विद्यालयका प्रिन्सिपल छक्कबहादुर लामाले बताए । उनले भने–‘विभिन्न व्यक्तिले दान दिएको दुई ओटा चन्दा बाकस पनि कच्याक कुचुक पारेको छ ।’

मानसरोवर माविमा पनि विद्यार्थी बस्ने टेबुल, बेञ्च, झ्याल, ढोका तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

विद्यालयहरूले विद्यालय तोडफोड भएको सम्बन्धमा मङ्सिर २२ गते प्रहरीसमक्ष मौखिक उजुरी गरेको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports