Incident Reports

ओमबाबा थुनामा

2018-09-18

Bagmati, Makawanpur, Hetauda

आश्रममा झारफुक गर्न गएकी महिलाको मृत्यु भएपछि पक्राउ परेका ओमबाबा भन्ने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबार बसेको इजलाशले हेटौडा उपमहानगरपालिका-११ की सावित्री पुडासैनीको ओमबाबाको आश्रममा मृत्यु भएको आरोपमा पक्राउ परेका श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको हो।
हेटौडा उपमहानगरपालिका-१४, स्थित सत्य ओमबाबा आरोग्य आश्रममा असोज २ गते झारफुक गरेर निको पार्छु भनेर घन्टौसम्म आश्रममा बाबा ओमप्रकाशले राखेका थिए।
लामो समयसम्म पनि होश नखुलेपछि अस्पताल ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो। समयमा उपचार गर्न अस्पताल पुयाएको भए पुडासैनीको मृत्यु हुने थिएन भन्दै उनको पतिले ओमप्रकाशलाई कारवाही गरी पाउ भनेर प्रहरीमा उजुरी दिएका थिए।

0 Comments