Incident Reports

विषाक्त चाउमिन खाँदा ज्यान गुमाएका दाजुभाइको शव परिवारले बुझे

2018-12-16

कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ आमघाटमा विष मिसाएको चाउमिन खाएर मृत्यु भएका दाजुभाको शव चार दिनपछि परिवारले बुझेको छन् । शनिबार मृत्यु भएका दुवैको शव मंगलबार दिउँसो मृतकका आमा बिमला सुनारले बुझेकी हुन् ।

शनिबार उपचारका लागि कोहलपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएका १२ वर्षीय धनबहादुर सुनार र ८ वर्षीय टेक बहादुर सुनारको शव बुझ्ने मानिस नआउँदा चारदिनदेखि अस्पतालमा नै रहेको थियो ।

कृष्णपुर नगरपालिका ३ का वडा अध्यक्ष सुन्दर चौधरीले शवको दाहसंस्कारका लागि आवश्यक पर्ने खर्च व्यहोर्ने भएका छन् । दुबै बालककी आमा शारीरिक रुपले अशक्त रहेको भन्दै स्थानीयले शव बुझ्न मानेका थिएनन् । शवको पोष्टमार्टम आइतबार नै गरिएको थियो ।

‘मंगलबार शव बुझेर लगेका छौं’ मृतक बालकद्वयका मामा चामुराम टमट्टाले भने । ‘बुधवार मात्रै शवको दाहसंस्कार गर्नेछौं ।’ मंसिर २८ गते घरबाट बेलौरी नगरपालिका ६ बैशाखास्थित मामाघरमा बिहेका लागि गएका बालकको शनिबार मृत्यु भएको थियो ।

‘बिहान घरबाट निस्कने बेला नै ठूली आमा सीतादेवी सुनारले चाउमिन पकाई पोको पारेर मामा घर पुगेर खानु भनि दिएकी रहेछिन्’ उनले भने । ‘ती बालकले उक्त चाउमिन बाटोमै खाएपछि वान्ता गर्न थालेछन्।’  घर पुग्दासमेत उनीहरुको वान्ता नरोकिएपछि उपचारका लागि स्वास्थ्य चौकी लगिएको उनले बताए ।

शनिबार उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएपछि पोष्टमार्टमका लागि दुवै दाजु भाइको शव महाकाली अञ्चल अस्पतालमा लगिएको थियो ।     जेठी आमाले पोको पारेर दिएको चाउमिन खाएकै कारण बालकहरुले वान्ता गर्न सुरु गरेकाले उक्त चाउमिनमा विषालु केही मिसावट गरिएको हुन सक्ने आशंका छिमेकीहरुले गरेका छन् ।

यसैबीच कञ्चनपुर प्रहरीले चाउमिन पकाएर दिने ठुली आमा सीतादेवी सुनार र ठूलो बुवा लक्षीराम सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । मृतक बालकद्वयकी आमा विमला सुनारको किटानी जाहेरीपछि उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धी मुद्वा दायर गरेर प्रहरीले अनुसन्धान गरिरहेको हो । अदालतबाट ४ दिन म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
National/Online Media

0 Comments

Related Reports