Incident Reports

श्रीमान विदेशमा, परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशु मार्दा श्रीमती प्रहरी खोरमा

2018-12-19

Gandaki, Tanahun, Bhanu

आफैंले जन्माएकाे नबजात शिशुको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्। भानु नगरपालिका ३ दोरदोर बस्ने ३७ बर्षाीया लक्ष्मी गन्दर्भ नबजात शिशुको हत्या आरोपमा पक्राउ परेकी हुन्।


श्रीमान विदेश भएका समयमा पर पुरुषसँग संसर्ग भएको र गर्भ बसी बच्चा जन्मिएकाले हत्या गरेकाे महिलाले स्वीकार गरेकी छिन्। घटनापछि फरार परपुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ।  

मंगलबार भानु ३ चण्डीथोकस्थित पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।

प्रहरी अनुसन्धानको क्रममा लक्ष्मीले आफूले जन्म दिएको नवजात शिशुलाई सोही दिन आफैले मारेर फालेको बताएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले बताए।

उनका श्रीमान विगत ४ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन्। श्रीमान विदेश भएका समयमा पर पुरुषसँगको संसर्ग भएको र त्यसकै कारण बच्चा जन्मिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। परपुरुषको बच्चा भएकाले शिशु जन्मेकै दिन हत्या गरेको गन्दर्भले स्वीकार गरेकी छिन्। परपुरुषको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments