Incident Reports

सर्लाहीमा विद्यालय सञ्चालकको विभत्स हत्या

2018-12-21

Madhes, Sarlahi, Barahathawa, Ward 5

जिल्लास्थित एक निजी विद्यालय सञ्चालकको विभत्स हत्या भएको छ। ढुंग्रेखोलाको जिरायत स्थित सुपर भिजन बोर्डिङ्ग स्कुलका सञ्चालक एवं सोही विद्यालयका शिक्षक मालिक महतोको शुक्रबार राती हत्या भएको हो। बरहथवा नगरपालिका–५ निवासी विलास महतोका छोरा ३० वर्षीय महतोको धारिलो हतियारले टाउको क्षतविक्षत बनाएको अवस्थामा घरबाट केही पर सोतिखोला किनार छेउ एकान्त स्थानमा शव फेला परेको हो। नयाँरोड–बरहथवा सडकखण्डबाट हात्तीडण्डा तर्फ जाने भित्री बाटोमा टाउको क्षतविक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको थियो।

शनिबार बिहान ४ बजे शव भेटिएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ कसैले फोन गरेर बोलाएपछि पाकिसकेको खाना समेत नखाई महतो बाहिरिएको परिवारजनले बताएका छन्। पारिवारिक स्रोतका अनुसार राती ९ बजेतिर घरबाट फोन गर्दा ‘खाना पस्कदै गर्नु म आउँदै छु’ भन्ने जवाफ दिएका महतो रातभरी सम्पर्क विहिन भएका थिए।

हत्यामा संलग्नहरुको पहिचान एवं खोजी कार्य सहित घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। प्रहरीले हेटौंडाबाट तालिम प्राप्त कुकुर ल्याएर समेत अनुसन्धान अगाडि बढाएको छ। ‘घटनामा संलग्नहरुको पहिचान नजिक नजिक पुगिसकेका छौं’, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘फोन कल डिटेल सहित अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ, एक दुई दिनभित्रै परिणाम आउनेमा ढुक्क छौं।’

घटनाबारे २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट अपराध अनुसन्धान विज्ञ सुरक्षा अधिकृतको टोली समेत खटिएको छ। हत्यामा संलग्न पक्राउ नपरेसम्म शव उठाउन नदिने भन्दै केही आफन्तले आक्रोश व्यक्त गरेका कारण शनिबार दिउँसोसम्म शव घटनास्थलमै रहेको थियो। प्रहरी उपरीक्षक पोखरेलले निश्पक्ष ढंगले अनुसन्धान गरी हत्यारा चाँडै पक्राउ गर्ने प्रतिबद्धता जनाएपछि शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा लगिएको छ।

मृतक महतोका श्रीमतीसहित ८ र ४ वर्षका २ छोरा रहेका छन्। एक्लो छोराको हत्याले मृतकका बुबा आमा, श्रीमतीसहित आफन्त भावविव्हल बनेका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Bara

0 Comments

Related Reports