Incident Reports

१० दिनदेखि हराएकी बालिकाको उद्धार, दुई महिला पक्राउ

2018-12-11

ताप्लेजुङबाट ल्याएर मोरङको उर्लाबारीस्थित एक घरमा लुकाई राखेको अवस्थामा प्रहरीले बिहीबार राति १४ वर्षीय बालिकाको उद्धार गरेको छ। ताप्लेजुङको निउरादिन गाउँपालिका ८ घर भएकी बालिकालाई उर्लाबारी नगरपालिका ८ अठ्याबारीस्थित विना लिम्बूको घरबाट उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा बालिकाको उद्धारका लागि प्रहरी टोली खटिएको थियो। बालिका ताप्लेजुङकै परमसिंह देवी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छिन्। डीएसपी श्रेष्ठका अनुसार झापाको बिर्तामोड घरभई ताप्लेजुङको निउरादिन ८ स्थित माइतमा बस्दै आएकी सरिता लिम्बू (राई) ले बालिकालाई अभिभावकको अनुमतिविना ललाईफकाई मोरङको उर्लाबारी ल्याएर विना लिम्बूको घरमा राखेको खुलेको छ।

उनले ताप्लेजुङबाट १० दिन अघि हराएकी बालिकालाई उर्लाबारीको एउटा घरमा ल्याएर राखिएको सूचनाका आधारमा खोजतलास सुरु गरिएपछि सकुशल उद्धार गर्न सकिएको बताए।

बालिकाका अभिभावकले गत मंसिर २५ गते बजार गएकी छोरी घर नफर्किएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। 'बजार गएको छोरी नफर्किएपछि हामी तनावमा पर्‍यौं। तत्कालै प्रहरीलाई खबर पनि गरेका थियौं,' बालिकाका बुवाले टेलिफोनमा भने, 'उर्लाबारीमा लगेर राखेको अवस्थामा छोरीलाई प्रहरीले उद्धार गरेछ। उमेर नपुगेकी छोरीलाई कता लिएर गएको हो भन्ने हामीलाई थाहा भएन।' उनले छोरीलाई लिएर जाने विषयमा सरिताले घर परिवारका कोही अभिभावकसँग पनि नसोधेको बताए।

परिवारका सदस्यको अनुमतिविना छोरीलाई ल्याएर अहिलेसम्म कुनै पनि जानकारी नदिइकन राखिएकोले घटना शंकास्पद रहेको बालिकाका बुवाको भनाइ छ। उनले घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान गरेर सहयोग पुर्‍याउनु पर्ने र दोषीमाथि कानुनी कारबाही अघि बढाउनुपर्ने माग गरे। परिवारका सदस्यले भने बालिकालाई भारत नै पुर्‍याउने योजना अनुरुप मोरङ ल्याइएको दावी गरेका छन्।

उद्धार गरिएकी बालिकाले मेरी दिदीको घरमा जाउँ भनेर सरिताले भनेपछि आफू साथ लागेर आएको प्रहरीलाई बताएकी छन् । उर्लाबारी प्रहरीले ताप्लेजुङबाट बालिका लिएर आउने २५ वर्षीय सरिता लिम्बू (राई) र सरितालाई आफ्नो घरमा बालिका लुकाएर राख्न सहयोग गर्ने उर्लाबारी ८ की ३२ वर्षीय विना लिम्बूलाई पक्राउ गरेको छ।

बालिकालाई शुक्रबार दिउँसो अभिभावक बोलाएर जिम्मा लगाइएको जानकारी डीएसपी श्रेष्ठले दिए। उनले पक्राउ परेका महिलालाई आवश्यक अनुसन्धानका लागि ताप्लेजुङ प्रहरीको जिम्मा लगाइएको बताए।

पक्राउ परेकी सरिताले भने कुनै अवैध धन्दा र काममा लगाउन नभइकन घुम्न जाने रहर गरेपछि बालिकालाई आफूले लिएर हिंडेको बताएकी छन्। 'घरका अरुलाई सोधेको भए लैजान दिँदैन थिए', उनको भनाई उदृत गर्दै एक प्रहरीले भने, 'त्यही भएर कसैलाई पनि नभनी लिएर हिंडेकी हुँ।'

सरिताले घुमफिर सकेर शनिबार ताप्लेजुङ फर्कने तयारी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको बताएकी छन्।'बालिकालाईसँगै लिएर आउने महिलाको घर बिर्तामोड र माइती ताप्लेजुङ हो। ताप्लेजुङबाट ल्याएर पनि आफ्नो घरमा नराखिकन मोरङ ल्याएर अर्कैको घरमा राखेको पाइएपछि घटना शंकास्पद छ,' डीएसपी श्रेष्ठले भने, 'उमेर नपुगेकी बालिकालाई कोही कसैको घरमा घरेलु बाल श्रमिक बनाउन लगेको पनि हुन सक्छ।

बेचबिखनका लागि भारततिर नै लिएर जान खोजिएको हो की भन्ने आशंकामा प्रारम्भिक सोधपुछ गर्दा केही पनि खुलिरहेको छैन।' घटनाको विस्तृत रुपमा अनुसन्धान गरिएपछि मात्रै वास्तविक कुरा बाहिर आउने र ताप्लेजुङको घटना भएकाले उतैबाट अनुसन्धान सुरु हुने उनको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports