Incident Reports

इँटा भट्टाबाट उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

2018-12-25

Lumbini, Rolpa, Tribeni, Ward 2

खनाल इँटा भट्टा चितवनमा गएका त्रिवेणी गाउँपालिका-२ का दुई जना बाल बालिकाको उद्धार गरी पुस ९ गते स्थानीय जनप्रतिनिधि, प्रहरी र सङ्घ संस्थाको रहोवरमा अभिभावकको जिम्मा लगाइएको छ ।

नाइकेको प्रलोभन र आर्थिक अभावका कारण इँटा भट्टामा काम गर्न गएका त्रिवेणी गाउँपालिका-२ दहबनका १५ वर्षीया जैमती बिकलाई आमा ज्योति बिक र १४ वर्षीय दिपक डाँगीलाई हजुरआमा बिना डाँगीको जिम्मा लगाइएको हो ।

भगवति मावि दहवनका व्यवस्थापन समितिका अध्यक्ष रूद्रमणी घर्तीको पहलमा प्रहरी चौकी नुवागाउँको सहयोगमा पुस ७ गते उद्धार गरिएका उनीहरूलाई लैजाने नाइके मीना थापालाई ५ हजार रुपिँया जरिबाना गरेको त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले बताए ।

त्रिवेणी गाउँपालिकाका तीन वर्षमा बालश्रम मुक्त बनाउने योजना भएकाले कुनैपनि बालबालिकालाई श्रममा लैजानेलाई आगामी दिनमा कानुन बमोजिम कारवाही गरिने बुढाले बताए ।

यसअघि पनि बालश्रमका लागि जिल्ला बाहिर लैजाँदै गरेका चार जना बालबालिकालाई गाउँपालिका र प्रहरी कार्यालयको पहलमा फिर्ता गरिएको थियो ।


Police website

0 Comments