Incident Reports

मेची राजमार्गका दुई स्थानमा बम फेला l

2013-11-13

Province 1, Ilam, Illam

Kokila Dhakal मेची राजमार्ग अन्तर्गत इलामको गोदक गाविस-४ घट्टा भन्ने स्थानमा कात्तिक २७ गते बिहान बम भेटिएको छ । विहान बम भेटिएको हल्लाखल्ला भएपछि सुरुक्षाकर्मीको टोली सो स्थानमा परिचालन भएको थियो । इलाम सदरमुकामस्थित गढीथुम्का व्यारेकबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले सो बम निष्क्रिय बनाएको व्यारेकका गणपति सुवासजंङ्ग थापाले बताए । यसैगरी, इलाम र झापाको सीमावर्ती कोल्बुङ गाविस-९ सुनमाईमा कात्तिक २७ गते बिहान बाल्टिनमा शंकास्पद वस्तु फेला परेको छ । इलाम प्रवेश गर्ने गेटबाट झापातर्फ एक सय मिटर टाढा भित्तामा खतरा लेखेर राखिएको अवस्थामा फोला शंकास्पत बस्तुलाई प्रहरीले सुरक्षा इलामबाट गएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बम कसले राखेको भन्ने पुष्टि नभएपनि चुनाव विरोधी क्रियाकलापमा संलग्न दलले राखेको हुनसक्ने इलामका डिएसपी भीमबहादुर दाहालले बताए । यसैबीच, निर्वाचन विरोधी मोर्चाले निर्वाचनलाई लक्षित गर्दै आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा सवारी आज पनि चल्न सकेका छैनन् । प्रहरीले केही सवारीहरूलाई स्कटिङ्ग गरेको छ । राजमार्गमा मोटरसाइकल भने फाटफूट देखिएका छन् । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis