Incident Reports

धारिलो हतियारले टाउको काटेर महिलाको हत्या

2018-12-27

Madhes, Saptari, Saptakoshi, Ward 10

सप्तकोशी नपा–१० सन्तपुरकी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठलाई पुस १३ गते अपरिचित व्यक्तिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको छ ।

मृतकका जेठाजु सप्तकोशी नपा–८ का सुजन श्रेष्ठका अनुसार धारिलो हतियारले मृतकको टाउकोमा दशौँ पटक प्रहार गरेर हत्या गरिएको अवस्थामा घरदेखि १ सय मिटर पूर्वस्थित चन्द्र नहरको शाखा रहेको पानीको खोल्सीमा शव फेला परेको हो ।

मृतकका पति रमेश श्रेष्ठ वैदेशिक रोजगारका लागि दुई वर्षदेखि मलेशियामा छन् । जेठी पत्नीले अर्कैसँग विवाह गरेपछि पाँच वर्ष अघि भोजपुरकी पदिकीसँग रमेशले विवाह गरेका थिए ।

पति विदेशिएपछि पदिकी १६ वर्षीय देवर सुब्बा श्रेष्ठ, आठ वर्षीय सौताका छोरा र चार वर्षीय बहिनीकी छोरीसँग बस्दै आएकी थिइन् ।

हत्याको आशङ्कामा प्रहरीले ३६ वर्षीय छिमेकी सन्तोष तामाङ र उनकी पत्नीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

तामाङको घरबाट रगत लागेको खुकुरी र बन्चरो फेला परेपछि अनुसन्धानका लागि उनीहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

तामाङ दम्पतिले भने खुकुरीमा मासु काटेको रगत लागेको भन्दै काटिएको मासु समेत देखाएका छन् ।

यसैगरी प्रहरीले आवश्यक अनुसन्धानका लागि मिस्त्री हरेराम र देवर सुव्वालाई समेत नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ ।

टिनको नयाँ घर बनाएको अवसरमा पदिकीले पुस १२ गते राति घर बनाउने मिस्त्री हरेराम र देवर सुब्बासँग घरमै बसेर बियर सहितको पार्टी गरेकी थिइन् ।

शवलाई पोष्टमार्टमका लागि पुस १३ गते राति ८ बजे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।

शवको पोष्टमार्टम पुस १४ गते बिहान गरी हत्या के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइने इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports