Sangeeta Bhat
तिनदोवाटे गाविस-६ चिउरीमा लु १२ प २७८४ नम्बरको मोटरसाइकलाई ८/१० जनाको समूहमा आएका युवाले कात्तिक २७ गते बिहान मोटरसाइकल नियन्त्रणमा लिई आगो लगाएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिकृष्ण केसीले बताए ।
चक्काजामको आह्वान गरेका नेकपा-माओवादीसहितको मोर्चाले बालिङबाट बुटवलतर्फजाँदै गरेको नारायणविक्रम खाणलाई मोटरसाइकलबाट झारेर मोटरसाइकल जलाएका हुन् । जिल्लामा फाटफुट मोटरसाइकलबाहेक अन्य कुनै सवारी साधन चलेका छैनन् ।
संगीता भाट