Incident Reports

आचारसंहिता विपरीत एमाओवादीको मार्चपास l

2013-11-13

Lumbini, Rolpa, Madi

Dharendra Dangi संविधानसभा सदस्यको निर्वाचनमा सहभागी भएको एमाओवादी रोल्पाले गाउँगाउँमा मार्चपास गरिरहेको छ । गाउँमा आफ्नो पक्षमा भोट दिन भन्दै एकीकृत माओवादीका कार्यकर्ता र वाईसीएलले केही गाविसहरूमा मार्चपास गरेको छ । यसैक्रममा कोर्चावाङ गाविसमा कात्तिक २६ गते एकीकृत माओवादी भातृसंगठन वाईसीएल कार्यकर्ताले मार्चपास गरेको एमाओवादीले जनाएको छ । कोर्चावाङमा शक्तिकुमार पुनको नेतृत्वमा २ सय जना वाईसीएलका कार्यकर्ताले मार्चपास गरेका हुन् । गाउँमा विभिन्न स्थानमा मार्चपास गर्ने कार्यक्रम रहेको एमाओवादी रोल्पाले जनाएको छ । गाउँमा आफ्नो प्रभाव देखाउन र निर्वाचनमा वाईसीएललाई खटाउने गरी मार्चपास सहित एमाओवादीले प्रशिक्षण दिइरहेको छ । यसैबीच, कोटगाउँ गाविसमा पनि कात्तिक २४ गतेदेखि सुरु गरेको मार्चपास कात्तिक २६ गते सोही गाविसको दारबोटमा पुगेर समापन भएको एमाओवादीका नेता भानबहादुर घर्तीले बताए । त्यस्तै भावाङ गाविसमा पनि मार्चपासको नेतृत्व भरतबहादुर बुढाले गरेका थिए । आचारसंहिता विपरीत एकीकृत माओवादीको मार्चपासलाई निर्वाचनको अन्तिम समयमा मतदाताहरूमा त्रास फैलाउने मनसायले गरेको अन्यहरूले बताएका छन् । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis