Incident Reports

चुनावी र्‍यालीमा बालबालिकाको प्रयोग

2013-11-13

Man Bahadur Chaudhary बर्दिया । ०७० कात्तिक २७ गते, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) पार्टीले सदरमुकाम गुलरियामा कात्तिक २७ गते निकालेको चुनावी र्‍यालीमा बालबालिकाको प्रयोग गरेको छ । र्‍यालीमा १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरू बयस्क मानिसहरूसँगै साइकलमा झण्डा हालेर नारा लगाउँदै हिँडेका थिए । निर्वाचन आचारसंहिता २०७० को बुँदा नं ३२ मा बालबालिकालाई आमसभा, बैठकवा भेलामा सहभागी गराउन तथा चुनावी प्रचार/प्रसार र अन्य निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न गराउन नहुने उल्लेख छ । यस तर्फराजनीतिक दललाई नियन्त्रण वा नियमन गर्ने निकायहरू भने मौन रहेका छन् । नेपालको अन्तरिम संविधान २०६३, बालअधिकार सम्बन्धि महासन्धी १९८९, बालबालिका सम्बन्धी ऐन २०४८ बालश्रम (नियमन र निषेध गर्ने) एने २०५६ लगाएतका ऐनहरूमा समेत कुनै पनि राजनीतिक त्रिक्रियाकलापको लागि बालबालिकाको प्रयोग गर्न नपाईने व्यवस्था छ । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis