Incident Reports

सालनालसहित बालिकाको शव फेला

2019-01-01

Province 1, Jhapa, Buddhashanti, Ward 4

बुद्धशान्ति गाउँपालिका–४ अमरवस्तीमा पुस १७ गते सालनालसहितको बालिकाको शव प्रहरीले उत्खनन् गरी नियन्त्रणमा लिएको छ ।

स्थानीयले इलाका प्रहरी कार्यालय वुधबारेमा शवको बारेमा जानकारी गराएपछि प्रहरीले गाडिएको शव खोतलेर नियन्त्रणमा लिएको हो ।

घाँस काट्न गएका स्थानीयले शवको गोडा बाहिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । सालनालले घाँटी बेरेको र सुपारीको पातले छोपिएको अवस्थामा शव फेला परेको वुधबारे प्रहरी चौकीका सई कृष्ण हुमागाँईले बताए ।

यो समाचार तयार पार्दासम्म शवको पोष्टमार्टम गरिएको छैन । घटनामा संलग्न अज्ञात रहेको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
INSEC , Local Newspaper - Jhapa

0 Comments