Incident Reports

वृद्धको हत्या अभियोगमा तीन पक्राउ

2018-12-23

Gandaki, Kaski, Annapurna, Ward 10

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० खुम्ब्रखुस्थित मोदी खोलामा मृत अवस्थामा फेलापरेका ७३ वर्षीय दिलबहादुर सार्कीको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । दिलबहादुरको शव गत १४ गते मोदी खोलामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० क्लिउ बस्ने वर्ष ३१ का बुद्धिमान सार्कीको गतिविधि शंकास्पद देखापरेपछि नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा अन्य दुई जना पनि हत्यमा संलग्न देखिएर पक्राउ परेका हुन् ।

हत्यामा बुद्धिमानको साथै उनका बुबा ६० वर्षका निमबहादुर सार्की र उनका माइलाबुबा वर्ष ७२ का लालसिंह सार्कीले संयुक्त रुपमा पुस ८ गते कुटपिट गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर राना मगरले बताए । हत्या पछि त्यही रात झोलुंगे पुलमा ल्याई मोदी खोलामा फलेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

घटनामा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा दिई सोधपुछ गर्दा मृतकसँगै बसेर मादक पदार्थ सेवन गर्दा मृतकले आफूहरुलाई अपशब्द बोलेको कारण कुटपिट गरी मारेको हत्या आरोप लागेको बुद्धिमानले बताएका छन् । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको पनि बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports