Incident Reports

शिक्षकले विद्यार्थी कुटेर घाइते बनाएको अभिभावकको आरोप

2019-01-02

Karnali, Salyan, Bagchaur

सल्यानमा एक विद्यालयमा शिक्षकले विद्यार्थीलाई कुटेर घाइते बनाएको  अभिभावकले आरोप लगाएका छन् ।

सलयनको बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र विशाल बस्नेतलाई शिक्षकले कुटेर घाइते बनाएको वस्नेतका परिवारले आरोप लगाएका हुन् ।

बुधबार दिउँसो १२ बजेतिर विद्यालयको प्राङ्गनमा वस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेको विद्यार्थीका बुबा तेजबहादुर बस्नेतले बताउनुभयो ।

शिक्षकको कुटाइबाट बेहोस भएका छोरालाई श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार गरेपछि होस खुलेको छात्रका बुवा बस्नेतले बताउनुभयो । शिक्षकको कुटाइबाट आफ्नो पेट, टाउको,  र छातीमा चोट लागेको विद्यार्थी बस्नेतले बताउनुभयो ।

घाइते विद्यार्थीको टाउकोमा चोट लागेको र उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । विद्यालयले भने शिक्षकले विद्यार्थीलाई कुटेर घाइते भएको आरोप निराधार भएको दाबी गरेको छ ।

प्रधानाध्यापक पूर्ण भण्डारीले विद्यालयमा दुई विद्यार्थीबीच झगडा भइरहेका समयमा शिक्षहरुले छुटाउन खोजेको र त्यसै क्रममा सामान्य चोटपटक लागेको बुझिएको बताउनुभयो । तर नियतबस भने विद्यार्थीलाई कुनै पनि शिक्षकले हातपात नगरेको उहाँले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
National/Online Media

0 Comments