Incident Reports

भरुवा बन्दुक सहित ३ जना पक्राउ

2019-01-04

Gandaki, Myagdi, Mangala, Ward 3

मंगला गाउँपालिका-३ झाक्रेपानी बस्ने ५४ वर्षीय तिर्थलाल छन्त्याल, ३३ वर्षीय टेकेन्द्र छन्त्याल र ३२ वर्षीया टुकमाया छन्त्याललाई भरुवा बन्दुक सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

मंगला गाउँपालिका-५ किमचौर बस्ने ६३ वर्षीया लिलामति बुढाथोकीको घरमा गत सोमबार साँझ चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरुलाई खोजी गर्नेक्रममा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports