Incident Reports

नेपाली सेनाद्वारा बम निस्क्रिय l

2013-11-12

Sudurpashchim, Kanchanpur, Krishnapur

Komal Niranjan Bhat भीमदत्त नपा-४ खुलामञ्च जाने बाटोमा अज्ञात समूहले राखेको टिएनटी बम कात्तिक २६ गते राति नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्त्रिmय पारेको छ । एमाओवादीका अध्यक्ष प्रचण्ड उपस्थित रहेको आमसभा भइरहेको स्थल भीमदत्त नगरपालिकाको खुलामञ्च आउने बाटोमा बम फेला परेको थियो । बम फेला परेपछि सुरक्षा व्यवस्था मिलाएर बम निगरानिमा राखिएको र आमसभापछि बम डिस्पोजल टोली बोलाएर डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो । अज्ञात समूहले सोही दिन बिहान कृष्णपुर गाविस-५ मा बम विस्फोट गराएका थिए । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis