Incident Reports

विप्लव निकटका शिक्षक गिरफ्तार

2019-01-07

Lumbini, Rolpa, Rolpa, Ward 1

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पुस २२ गते रोल्पा नपा-१ स्थित सल्लीबोट आधारभुत बिद्यालयबाटै प्रहरीले गिरफ्तार गरेको छ ।


शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरूलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दिपक खड्काले बताए ।


विद्यालयका प्रधानाध्यापक उदय महराका अनुसार विद्यालयमा अध्यापन गराइरहेका शिक्षक केसीलाई सादा पोशाकमा आएका प्रहरीले सोधपुछ गर्नुछ भन्दै लगेका थिए । महराले विद्यालय पोशाकमै शिक्षक केसीलाई गिरफ्तार गरिएको बताए ।


विप्लव निकट अखिल नेपाल शिक्षक सङ्ठन रोल्पाका अध्यक्ष प्रेम केसीले बिद्यालयमा पढाउँदै गरेका शिक्षकलाई प्रहरीले गिरफ्तार गर्नु दुखद् भएको भन्दै रिहाई नगरे आन्दोलन गर्ने बताए ।



माधवकुमार ओली


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments