Incident Reports

विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताद्वारा धम्की

2019-01-07

Karnali, Dolpa, Shey Phoksundo

से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत ३३ वर्षीय प्रमोद यादवलाई पुस २३ गते माग गरे अनुसारको चन्दा नदिए जनसरकारको कार्यालय आउनु पर्ने र यदि अटेर गरे जनसरकारले कारवाही गर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएको पीडित पक्षले आरोप लगाएको छ ।

सो पार्टीका युवा इञ्चार्ज बाँके जिल्ला कोहलपुर नपा-७ पिपरी निवासी १८ वर्षीय भरत पहाडीले धम्काएको भन्दै पीडितले पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका छन् ।

यसैबीच प्रहरीले जवरजस्ती चन्दा माग्दै हिँडिरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भरत पहाडीलाई पुस २३ गते नै गिरफ्तार गरेको छ ।

सरकारी कर्मचारीलाई चन्दा मागेर धम्की दिएको र एक हप्ता भित्र पार्टीको जनसरकार कार्यालयमा नआए कारवाही गर्ने चेतावनीसहतिको पर्चा टाँस्दै हिँडिरहेको अवस्थामा सुलीगाडबाट गिरफ्तार गरिएको डिएसपी अवदेश विष्टले जानकारी दिए ।

डिएसपी विष्टका अनुसार पहाडीलाइ से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद यादवलाइ मागे अनुसारको चन्दा नदिए जनसरकारको कार्यालय आउनु पर्ने र यदि अटेर गरे जनसरकारले कारवाही गर्ने धम्की दिएका थिए ।

बिना कारण सरकारी कर्मचारी माथि डर, धाक र धम्की दिने गरेको र प्रमाणसहित फेला पारेपछि सो पार्टीका कार्यकर्ता पहाडीलाई सार्वजानिक कुसर ऐन अनुसार मुद्दा दर्ता गरिएको डिएसपी विष्टले जानकारी दिए ।

से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतले जडिबुटीको पूर्जीमा ब्यापारीबाट कमिशन लिने गरेको प्रमाण पीडितबाट पार्टी समक्ष आएको नेकपाका डोल्पा इञ्चार्ज इन्द्र रोकाया (सेराप) ले बताए ।

विष्णुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments