Incident Reports

एमाओवादी उम्मेदवारलाई काङ्ग्रेसको अवरोध l

2013-11-13

२ का उम्मेदवार हितराज पाण्डेलाई कात्तिक २७ गते ढुङ्गामुढा गरेर अवरोध गरेका छन् । काङ्ग्रेस कार्यकर्ताले फुजेल गाविसको आमडाँडामा चुनाव प्रचार/प्रसार गर्न गोरखा बजारबाट गएका पाण्डेलाई अवरोध गरेपछि दुई पक्ष कार्यकर्ता बीच ढुङ्गामुढा हानाहान भएको थियो । एमाओवादी र काङ्ग्रेस कार्यकर्ताको झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रु ग्याँस प्रहार गरेको डिएसपी बसन्त कुँवरले जानकारी दिए । पाण्डे कार्यक्रममा जाँदा र फर्कने क्रममा दुई पटकसम्म काङ्ग्रेस कार्यकर्ताले अवरोध गरेको त्यहाँ खटिएको प्रहरीले जनाएको छ । भैरव आश्रम उमावि फुजेल नजिककै अवरोध पूर्‍याएको एमाओवादी नेता ज्ञानेन्द्र कुमालले जानकारी दिए । काङ्ग्रेस कार्यकर्ताले माओवादीको पोष्टर च्यातेर बाटोमा ढुङ्गा थुपारेर अवरोध गरेको कुमालले टेलिफोनमा जानकारी दिए । काङ्ग्रेस उपसभापति मोहन पोखरेलले भने माओवादी कार्यकर्ताले स्थानीय काङ्ग्रेस कार्यकर्तालाई बाटो अवरुद्ध किन पारेको भनेर धम्काएपछि सामान्य झडप भएको प्रतिक्रिया दिए । 'बाटो हामीले होइन नेकपा-माओवादीले अवरुद्ध पारेका होलान ।' उनले भने । सुदिप कैनी

0 Comments

Related Reports