Incident Reports

यात्रुवाहक बसमा पेट्रोल बम प्रहार, १२ जना घाइते l

2013-11-14

पूर्व-पश्चिम राजमार्गको वसामाडी गाविस-२ तीनताप्केमा कात्तिक २८ गते राती पौने १० बजे गुडिरहेको यात्रुवाहक बसमा अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट १२ जना यात्रु घाइते भएका छन् । सुरक्षाकर्मीको स्कर्टिङमा नारायाणतर्फगइरहेको बसमा राजमार्ग छेउमा बसेका अज्ञात व्यक्तिहरूले पेट्रोल बसको चालक भएको भागतर्फगरेका थिए । चालकलाई पेट्रोल बम लागेपछि बस सडक छेउमा गएर पल्टिएका थियो । कलैयाबाट काठमाडौँ तर्फगइरहेको अनमोल ट्राभल्सको ना ४ ख ९८३६ नम्वरको बसमा पेट्रोल बम प्रहार भएको थियो । पेट्रोल बम प्रहारबाट बसमा आगो लागेको थियो । बस चालक भोलाप्रसाद साह, ३५ वर्षीय सहचालक सुरेन्द्र चौधरी र यात्रु राकेश यादव गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर लगिएको छ । अन्य घाइतेहरूमा सनत रेग्मी, उमा रेग्मी, धनबहादुर लामा, रामबहादुर लामा, उमेश पण्डित, राजा खान, मन्जु खनाल, मनोज राई, सीता लामा छन् । उनीहरू मध्ये छ जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ भने अन्यको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । सडक छेउको जङ्गलमा लुकेर बसेका दुई/तीन जनाले बसका चालकलाई लाग्ने गरी दुई ओटा पेट्रोल बम प्रहार गरेका बसका यात्रु दिपेन्द्र ठाकुरले बताए । चालकलाई बम लागेपछि बस अनियन्त्रित भएर सडक छेउमा पल्टेको उनको भनाई थियो । बस पल्टेपछि पछाडिको शिशाफुटेकाले त्यही ठाउँबाट बाहिर निस्केर ज्यान बचाएको ठाकुरले बताए । बसमा लागेको आगो हेटौँडाबाट दमकल आएर नियन्त्रमा लिएको थियो । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis