Incident Reports

नेकपा-माओवादी निकट किसान संघका अध्यक्ष गिरफ्तार

2013-11-14

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa कास्की । ०७० कात्तिक २८ गते नेकपा-माओवादीको भातृ संगठन किसान संघका कास्कीका अध्यक्ष दुर्गादत्त अधिकारीलाई प्रहरीले कात्तिक २७ गते बेलुका गिरफ्तार गरेको छ । नेकपा-माओवादीका सेक्रेटरी कृष्ण वाग्ले रुपेशले कार्यकर्ता अधिकारीलाई राज्यले संकटकाल र पञ्चायत कालमा जस्तो रवैया अपनाएर गिरफ्तार गरेको बताए । अधिकारी लेखनाथ नपा-८ शिशुवास्थित घरबाटै प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेशनाथ वास्तोलाले अधिकारीलाई गिरफ्तार गरेको बारे जानकारी नभएको बताए । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis