Incident Reports

कुमारीपाटीको एटिएमबाट पैसा निकालेका व्यक्तिमाथि खुकुरी प्रहार गरी लुटपाट गर्ने पक्राउ

2019-01-16

Bagmati, Lalitpur, Lalitpur

काठमाडौँ । खुकुरी प्रहार गरी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाही रानीगञ्ज घिमिरे चोक घर भएका २८ बर्षीय गोपाल दयाल रहेका छन् । दयाललाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले बुधबार राती ८ बजे बजे लगनखेलबाट पक्राउ गरेको हो । दयालले ललितपुर महानगरपालिकाको  कुमारीपाटीमा रहेको ईन्भेष्टमेन्ट बैंककोएटिएमबाट पैसा निकाल्ने एक जनालाई खुकुरी प्रहर गरी पैसा लुटपाट गर्न खोजेका थिए । दयालको साथबाट प्रहरीले खुकुरी एक थान र खुर्सानीको धुलो एक पोका बरामद गरेको छ । खुकुरी लागि घाईते भएकालाई पाटन अस्पताल उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports