Incident Reports

नेविसंघ ओखलढुंगाको जिल्ला अधिवेशनमा झडप

2019-01-21

७ माघ, ओखलढुंगा । नेपाल विद्यार्थी संघ ओखलढुंगाको १२ औं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । झडप भएपछि केन्द्रीय प्रतिनिधि पवन नेपालीले अधिवेशन स्थगित गरेका छन् ।

सोमबार जिल्ला विकास समितिको हलमा अधिवेशन उदघाटन कार्यक्रम राखिएको थियो । तर, आसनग्रहणको क्रममा देउवा र पौडेलपक्ष बीच झडप भएपछि केही नेता कार्यकर्ताहरु घाइते भएका छन् ।

झडपमा पूर्व जिल्ला सभापति बालकृष्ण दाहाललगायत घाइते भएका छन् । उनलाई उपचारका लागि ओखलढुंगास्थित युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको छ ।

गत पुस ३० गते अधिवेशन प्रतिनिधिहरुको नामावली टुंगो लगाइसक्ने कार्यतालिका थियो तर, दुई पक्षबीच सहमति भएको थिएन । सोमबार माघ ७ गते पनि प्रतिनिधि टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति भएको थिएन । केन्द्रीय प्रतिनिधि टुंगो नलगाइकन अधिवेेशन उद्घाटन नगर्न पौडेल पक्षले माग गर्दै आएको थियो ।

यसैबीचमा कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवारको निर्देशनमा जिल्ला अध्यक्ष प्रदीप बानियाँले प्रतिनिधिहरुको नामावली नबुझाइ उदघाटन सत्र सुरु गर्न लागेकाले अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको केन्द्रीय प्रतिनिधि पवन नेपालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments