Incident Reports

बानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप, महामन्त्री काफ्लेसहित ३ जना घाइते

2019-01-22

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– नयाँ वानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै गरिएको प्रदर्शनमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी र मनिष सिंखडा घाइते भएको नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले रातोपाटीलाई जानकारी दिए  । घाइतेहरुको नयाँ वानेश्वरस्थित एभरेष्टमा अस्पतालमा उपचार भैरहेको उनले बताए । नेविसंघले दमनको विरोधमा बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेको समेत उनले बताए ।  नेविसंघ कार्यकर्ताहरु ट्रलीबस स्टेसन तर्फबाट संसद भवनको पूर्वी गेटतर्फ अघि बढेपछि झडपको स्थिति सिर्जना भएको हो ।यस्तै आज बसेको प्रतिनिधिसभा बैठकमा सो विधेयक पारित गराउने प्रयास गरेपछि नेविसंघका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् । त्यसक्रममा उनीहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराल प्रखर क्यान्सर अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।यता, प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेका नेविसंघका कार्यकर्तालाई लखेटेका थिए । काँग्रेसले सो दुई अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न दवाव दिँदै सोमबारबाट संसद बैठक अवरुद्ध पारिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments