Incident Reports

खुकुरी प्रहार गरी महिलाको हत्या

2019-01-22

Bagmati, Dhading, Nilakantha, Ward 14

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका– १४ धुवाकोट, रातमाटेकी एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ। मंगलबार बिहान खेतमा घाँस काट्न गएकी २५ वर्षीय मनिका आले मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

घाँस काट्न घरबाट निस्किएको केही बेरमा भतिजो नाता पर्ने सोही ठाउँका १६ वर्षीय सुमन आले मगरले खुकुरी हानेर मनिका हत्या गरेको हो। गर्धनमा खुकुरी प्रहार गरिएको उनको घटनास्थलमा नै मृत्यु भएको छ। खुकुरी प्रहार गर्ने सुमन आले मगर भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

घटनाको अनुसन्धान सुरु गरिएको छ भने हत्या आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको एक ५ वर्षीया छोरी छिन् भने उनका पति नेपाली सेनामा कार्यरत छन्।  

 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports