Incident Reports

सेनाद्वारा दुई ओटा बम निष्क्रिय l

2013-11-14

Province 1, Ilam, Deumai

Kokila Dhakal इलाम । ०७० कात्तिक २९ गते, साँखेजुङ्ग र सिद्धिथुम्का गाविसमा २९ गते बिहान भेटिएका दुई ओटा बमलाई नेपाली सेनाले निष्क्रिय बनाएको छ । मेची राजमार्ग अन्तरगत साँखेजुङ गाविस-७ नेपालटारमा र सिद्धिथुम्का गाविस-५ मा फेला परेको बम सेनाले निष्क्रिय गरेको हो । बम राखिएको सूचना पाएपछि सदरमुकामस्थित कालीध्वज गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल गएको थियो । चुनाव विरोधी क्रियाकलापमा सङ्लग्न नेकपा-माओवादी सहितको मोर्चाका कार्यकर्ताले बम राखेको पुष्टि भएको इलामका डिएसपी भीमबहादुर दाहालले बताए । अहिलेसम्म कोल्बुङ, गोदक, चुलाचुलीमा गरी पाँच स्थानमा बम फेला परिसकेको छ । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis