Incident Reports

कांग्रेस रुपन्देहीले माघ ११ लाई कालो दिनका रुपमा मनाउने

2019-01-25

Lumbini, Rupandehi, Butwal

११ माघ,बुटवल । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले माघ ११ गतेलाई कालो दिनको रुपमा मनाउने बताएको छ ।

शुक्रबार बहुमतको बलमा अनसनरत डा. गोविन्द केसीसँगको सम्झौता विपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक गरेको भन्दै रुपन्देही कांग्रेसले यस्तो घोषणा गरेको हो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गरी माघ ११ गतेलाई कालो दिनका रुपमा मनाउने बताएका छन् ।

कांग्रेसले सरकारको बिरोधमा  प्रदर्शन गरेको छ । त्यस लगत्तै साँझ बुटवलको राजमार्ग चौराह, भैरहवा, सैनामैना, देवदहको खैरेनी, तिलोत्तमाको मणिग्राम, लुम्बिनी र धकधहीमा राँके जुलुससमेत निकालेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments