Incident Reports

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

2019-01-26

Gandaki, Gorkha, Gorkha

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गोरखाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

पार्टी कार्यालय तीनधारेबाट नाराबाजी गर्दै नेविसंघले हरमटारीस्थित जिविस चोकमा शनिबार दिउँसो पुत्ला दहन गरेको हो।

आफैंले गरेको सम्झौताविपरीत ओली सरकारले डाक्टर गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरेको, छ महिना हुँदा समेत बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पहिचान गरी कारवाहीको दायरामा ल्याउन नसकेको, वाइडवडी जहाज खरिदमा भएको भनिएको अनियमितताबारे छानविन नगरेको भन्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघ गोरखा सभापति सुवास अधिकारीले बताए।

बहुमतको आडमा सत्तारूढ दल नेकपाले प्रतिपक्षी दलको विरोध हुँदाहुँदै संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेस र उसको भातृ संस्थाले विरोध गर्दै आएका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments