Incident Reports

No translation available.

2013-11-17

San Bahadur Thapa कास्की । ०७० कात्तिक २९ गते, नेकपा एमालेले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै कात्तिक २९ गते पोखरामा विरौटाचोकदेखि घारीपाटन जाने सडक अवरुद्ध गरी आमसभा गरेको छ । निर्वाचन आचारसंहिताको २६ नम्बरमा सार्वजनिक आवागमनमा अवरोध हुने गरी जुलुस, आमसभा गर्नु वा गराउन नहुने उल्लेख भए तापनि नेकपा एमाले क्षेत्र नम्बर ३ को आमसभामा सडक नै अवरुद्ध हुने गरी आमसभा गरेका थिए । त्यसैगरी सूर्यमा मतदान गरौ भन्ने नारा लेखिएको टोपी र रुमाल लगाएर कार्यकर्ताहरू खटिएका थिए । आमसभामा बालबालिकाहरू समेत झण्डा सहित सहभागी भएका थिए । सनबहादुर थापा

0 Comments

Related Reports