Incident Reports

अज्ञात समूहद्वारा गाडीमा आगजनी l

2013-11-17

Lumbini, Banke, Kohalpur

Binod Pandey बाँके । ०७० कात्तिक २९ गते, कोहलपुर गाविस-८ नेपालगञ्ज कोहलपुर सडकखण्डको बाबानगरमा कात्तिक २९ गते अज्ञात समूहले टाटा म्याजिक गाडीमा आगजनी गरेको छ । नेपालगञ्ज नपा-२ घर भएका गाडी धनी ५६ वर्षीय पिन्टु सिद्दीकीको गाडीमा आगजनी भएको हो । कोहलपुरबाट यात्रु लिएर नेपालगञ्ज आइरहेको भे १ ज ४०१ नम्बरको टाटा म्याजिक गाडीमा यात्रु बनेर चार जनाको सङ्ख्यामा आएका व्यक्तिले गाडी रोकेर नेपालगञ्जसम्मको भाडा दर सोधेपछि भाडामा भएको विवाध पश्चात एक जनाले चालकलाई बाहिर तानेको र अर्को एक जनाले यात्रुहरूलाई बाहिर निकालेर दुई जनाले लाठीले गाडीको सिसा फुटाएको गाडीका स्टाफ महेन्द्र जिएमले बताए । यात्रु बाहिर झरेपछि एक जनाले कुनै बस्तु गाडीमा प्रहार गरे पछि आगो लागेको जिएमले बताए । उनले आगो लगाउनेहरू सडकको पश्चिम तीर भागेको बताए । स्थानीयहरूको सहयोगमा पानी हालेर आगो निभाएका थिए । गाडी सन्राइज यातायात ब्यवसायी सङ्घ मार्फत सञ्चालनमा थियो । आगजनीबाट गाडीको सिसा र भित्री भाग पुरै नष्ट भएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis