Incident Reports

गोलीसहित चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता विश्वकर्माका छोरा पक्राउ

2019-01-31

Province 1, Morang, Biratnagar

मोरङ - विराटनगर विमानस्थलबाट बिहीबार साँझ चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरालाई प्रहरीले पक्राउ गरेको छ। कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मालाई प्रहरीले काठमाडौं जाने क्रममा विमानस्थलमा जाँचका क्रममा गोलीसहित पक्राउ गरेको  हाे। मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘विमानस्थलमा यात्रु सुरक्षा जाँचका क्रममा गोली फेला परेपछि नरेन्द्रलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएका हौं।’

नेत्रविक्रम चन्द नेत्रृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्रलाई विमानस्थल यात्रु जाँचका क्रममा गोलीसहित पक्राउ गरिएकाे हाे। यति एयरलायन्सको बिहीबार साँझ ५ः५५ को उडानबाट काठमाडौं जाने क्रममा विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीन वटा गोली बरामद भएको प्रहरीले बताएको छ।

प्रहरीका प्रवक्ता श्रेष्ठले भने, ‘एक युवा जहाजमा चढ्नलाई सुरक्षा चेकजाँच गराउने क्रममा गोलीसहित पक्राउ परेका छन्,’ उनले भने, ‘उनको अन्य पृष्ठभूमि भने खुल्न सकेको छैन।’ ‘पक्राउ परेका विश्वकर्माका बारे अनुसन्धान थालेका छौं,’ श्रेष्ठले भने, ‘पक्राउ परेका युवाका बारेमा अनुसन्धानपछि मात्रै सबै कुरा भन्न सक्छौं।’ 



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments