Incident Reports

सरकारविरुद्ध राँके जुलुस

2019-01-31

Province 1, Khotang, Rupakot Majhuwagadhi

खोटाङ – सरकारको बिरोधमा नेपाल तरुण दल र नेविसंघ खोटाङले राँके जुलुस निकालेको छ। विरोधका बाबजुद राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गराएको, वाइड वडी विमान खरिदलगायतका भ्रष्टाचारीलाई संरक्षण गरेको, निर्मला पन्तलगायतका पीडित जनतालाई न्याय दिन नसकेको लगायतका आरोप लगाउँदै नेविसंघ दिक्तेल रूपाकोट मझुवागढी नगर समितिको आयोजनामा बिहीबार साँझ दिक्तेलमा राँके जुलुस निकालिएको हो।

दिक्तेलको हुलाकडाँडाबाट सुरु गरेको राँके जुलुस त्रिवेणीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। राँके जुलुसकाक्रममा तरुण दल र नेबिसंघले चर्को शब्दमा सरकारविरोधी नारा लगाएका थिए। त्रिवेणीचोकमा प्रहरीले बाटो छेक्ने प्रयास गरेपछि जुलुस अघि बढेको थियो।

कोणसभालाई नेबिसंघ खोटाङका वरिष्ठ उपाध्यक्ष नइन्द्र राई, नेबिसंघ दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका संयोजक मोतिभन्द्र राईले सम्बोधन गरेका थिए। राँके जुलुसमा कांग्रेस नेता तथा युवा नेताको पनि सहभागिता रहेको थियो। हस्तक्षेप हुने भन्दै प्रहरीलाई झुक्याएर राँके जुलुस निकालिएको थियो।



Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments