Incident Reports

सरकारी गाडीमा आगजनी, ५ पक्राउ

2019-02-02

Gandaki, Kaski, Pokhara Lekhnath

महानगरको शिक्षा महाशाखा प्रमुखले चढ्दै आएको सरकारी गाडीमा शनिवार नेपाल विद्यार्थी सङ्घले आगजनी गरेको छ । सरकारी गाडी चल्न नदिने पूर्व निर्धारित कार्यक्रम अनुसार सङ्घका कार्यकर्ताले गाडी नियन्त्रणमा लिएर आगो लगाएका हुन् ।

महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन गएका बेला पोखरा– ७ मासबारस्थित श्रीकृष्ण मावि अगाडि बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाइएको हो ।

नयाँबजारस्थित नवप्रभात माविमा सञ्चालित स्वास्थ्यका कर्मचारीहरूको विभिन्न ५ वटा विज्ञापनका परीक्षार्थीको लिखित परीक्षाको केन्द्राध्यक्ष आचार्यलाई गाडी लिन गएको थियो । त्यसक्रममा चालक इच्छा गायकलाई गाडीबाट झरालेर पेट्रोल छर्केर आगो लगाइएको थियो ।

यसैबिच आगजनी गरेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडस्थित एक होटेलबाट उनीहरूलाई पक्रेको हो ।

पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, पर्शुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेल लगायत छन् । कोही निर्दोष पनि नियन्त्रणमा आएको हुनसक्ने भन्दै प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन । गाडी चलाउन प्रयोग भएको मोटरसाइकल र स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले केन्द्रको पूर्व घोषित कार्यक्रम अनुसार बिदाको दिन चल्ने सरकारी साधन नियन्त्रणमा लिएर जिल्ला प्रशासनलाई बुझाउने कार्यक्रम भए पनि कार्यकर्ताको आक्रोशले आगजनी हुन गएको बताए ।

उनले सरकारी गाडी दुरुपयोग बढेको भन्दै त्यसलाई रोक्ने अभियान नेविसंघले थालेको उनले बताए । उनले पक्राउ परेका विद्यार्थी नेता, कार्यकर्ताको रिहाइको माग गरे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments