Incident Reports

प्रधानाध्यापकलाई कुटपिट गरेको भन्दै शिक्षकले गराए विद्यालय बन्द, कुट्ने शिक्षक प्रहरीको हिरासतमा

2019-02-02

Madhes, Mahottari, Gaushala, Ward 12

प्रधानाध्यापकलाई कुटपिट गरेको विरुद्धमा महोत्तरीको गौशाला १२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका शिक्षकहरुले विद्यालय बन्द गरेका छन् ।

शनिबार विद्यालयका प्रधानाध्यापक देविप्रसाद घिमिरेलाई त्यही विद्यालयका शिक्षक राजकिशोर सिंहले हातपात गरेको भन्दै त्यस घटनाको न्यायोचित ढंगले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आज एकदिनको लागि विद्यालय बन्द गराएका हुन ।

विद्यालयका शिक्षक महाविर सिंह कुशवाहाले पत्रकारलाई दिएको जानकारी अनुसार पूर्व प्रधानाध्यापक राजकिशोर सिंह र वर्तमान प्रधानाध्यापक देविप्रसाद घिमिरेबीच चर्काचर्की भएकाले छानबिन गरेर दोषीलाई कारबाहीको माग गर्दै एक दिनका लागि विद्यालय बन्द गरेको हुन् । 

विद्यालयमा पुरानो हरहिसाब बरबुझारथका क्रममा यस्ता घटना घटेकाले सुरक्षाको माग गर्दै विद्यालय बन्द गरिएको शिक्षक कुशवाहाले बताउनुभयो ।

यता समितिका सदस्य महेश कुमार सिंहले घटनाको सम्बन्धमा आफूहरुले आजै थाहा पाएकोले विद्यालय व्यवस्थापन समितिको चाँडै वैठक बसेर आवश्यक कदम उठाइने जनाएका छन् ।

अहिले विद्यालयका पूर्व प्रधानाध्यापकद्वय राजकिशोर सिंह र देवनारायण महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँहरुलाई घटना भएलगतै प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports