Incident Reports

इञ्जिनियर कुटपिट गर्ने तीन जना पक्राउ

2019-02-01

Province 1, Taplejung, Phungling

सडक विभागका ईन्जिनियरलाई कुटपिट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  फुङलिङ नगरपालिका–१० फुरुम्बुका हाङनारायण लिम्बु, दिल कुमार फुरुम्बु र रामचन्द्र लिम्बु छन्।

उनीहरुले माघ १८ गते सुकेटार–पाथीभरा सडक सर्वे गरेर सुकेटारस्थित तिवारीको घरमा बसिरहेका बेला ईन्जिनियर सुरेन्द्र भट्ट,सुमन कुमार झा र फुङलिङ नगरपालिका–६ का रुद्र प्रसाद तिवारीलाई कुटपिट गरेको डीएसपपी संञ्जयसिंह थापाले बताए।

तिवारीका श्रीमती र  छोरा (बालक) लाई समेत लछार पछार गरि कुटपिट गरेका छन्। कुटपिटमा संलग्न विरुद्ध सार्वजनिक अपराध गरी अभद्र व्यवहार मुद्धा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports