Incident Reports

विप्लवका ७ विद्यार्थी पक्राउ

2019-02-04

 नेत्र विक्रम चन्द  (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका ७ जना विद्यार्थी पक्राउ परेका छन् । बनेपामा प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विद्यार्थी व्यूरो संयोजक मुकुन्द श्रेष्ठ लगायतका नेताहरु छन् । प्रर्दनको क्रममा बनेपास्थित अरनीको राजमार्गको चार दोबाटो हुँदै बनेपा तीन दोबाटो आएका विद्याथीहरुलाई प्रहरी पक्राउ गरेको हो ।

उनीहरुले जिल्लाका दर्जन बढी उच्च माध्यामिक विद्यालयलाई अनिवार्य विद्यार्थी उपस्थित गराउन उर्दी जारी गरेको आरोप छ ।

आफ्ना केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकको रिहाइ गर्नुपर्ने, एनसेलाई कारबाही गरनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए ।

पक्राउ परेका विद्यार्थीहरुको बारेमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments