Incident Reports

विद्युत् गृहमा बम विस्फोट

2019-02-07

Province 1, Sankhuwasabha, Chichila, Ward 3

संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ।

बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए।

घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम सारुमगर घटनास्थल पुगेका छन्।

बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने ब्रुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बम विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरी निरिक्षक पण्डितले बताए।

घटनास्थलमा प्रहरी र सेनाको टोली राखिएको छ ।

बम बिस्फोट गराउने समूह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयवासीले बताएका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच घण्टाको दूरीमा पर्दछ । सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको बिस्तृत बिवरण आइसकेको छैन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Secondary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments