Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा उजुरी

2019-02-07

Madhes, Siraha, Naraha, Ward 3

नरहा गाउँपालिका–३ की ५० वर्षीया बौवावती महतोलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा पीडित परिवारले सोही ठाउँका ६० वर्षीया झौलीदेवी सदा, १९ वर्षीय सञ्जित सदा, ५५ वर्षीय सुकन मण्डल र दुईजना नाम नखुलेका महिलाविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन १ गते उजुरी दिएको छ ।

पीडितका अनुसार माघ २४ गते आरोपितहरूको परिवारले सञ्जितलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै ठिक पार नत्र आगो लगाइदिन्छु भन्दै कुटपिट गरेका थिए ।

२० दिनदेखि आरोपित सञ्जित सदा बिरामी परेको र धामीझाँक्री लगाउँदा पीडित बोक्सी भएको भन्ने धामीबाट जानकारी भएपछि उनलाइ मेरो छोरा ठिक पारी दिन अनुरोध मात्र गरेको कुटपिट नगरेको आरोपित सञ्जितकी आमा जिबछी सदाले बताइन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।


दुर्गा परियार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports