Incident Reports

माछा मार्ने विषयमा झडप हुँदा दर्जनौं घाइते, प्रहरीद्वारा ५ राउण्ड हवाइ फायर

2019-02-16

Madhes, Siraha, Sukhipur, Ward 2

सिरहा : सिरहाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीमा माछा मार्ने विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

पोखरीको माछा मार्ने विषय उत्पन्न भएको विवादले झगडाको रुप लिएपछि नियन्त्रणका लागि प्रहरीले ५ राउण्ड हवाई फायर तथा लाठीचार्ज समेत गर्यो । सिकिया मण्डलको आफन्त सुशील मण्डलको स्वामित्वमा रहेको पोखरी सुखीपुर नगरपालिकाले ठेक्का लगाएपछि मण्डल पक्षले आफ्नो पोखरी भन्दै नगरपलिकामा उजुरी र अदालतमा समेत मुद्दा हालेको थियो ।

माछा मार्न जाँदा ठेक्कादार पक्षले रोकेपछि दुई पक्षबीच विवाद भइ झगडा भएको थियो । भिडलाई तितरबितर पार्न हवाई फायर गरेको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रहरीले हवाई फायर गर्दा भगाभाग भएपछि पोखरी दाबी गर्ने पक्षका नौजना र ठेक्केदार पक्षको दुईजना घाइते भएको छ । घाइते हुनेहरुमा भरोषी मण्डल, सकल मण्डल, दिनेश मण्डल, सुनील मण्डल, मिन्टु मण्डल, विष्णु मण्डल, विनोद मण्डल, रामबाबु मण्डल र श्याम कुमार मण्डल छन् भने ठेकेदार पक्षका श्रीनरायण यादव र ठेकेदार रमेश कुमार यादव छन् । घाइतेहरुको उपचार सुखीपुर पोलिक्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमा पुनः झगडा हुन नदिन रातमा पनि प्रहरी तैनाथ रहने एसपीले बताए । झगडाको विषयमा बुझ्न प्रयास भइरहेको सुखीपुर नपाका मेयर रामऔतार यादवले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 11
National/Online Media , Local Newspaper - Siraha

0 Comments

Related Reports