Incident Reports

पानीको ट्याङ्करमा पेट्रोल बम प्रहार, चालक गम्भीर घाइतेl

2013-11-17

Nepal

भरतपुर नपा-४, नारायणगढको न्यूरोडमा मङ्सिर २ गते बिहान करिब ११ बजे अज्ञात समूहबाट पानी बोक्ने मिनी ट्रकमा पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट गोरखाको तान्द्राङ घर भएका सोही ट्रकका चालक ३० वर्षीय अस्मिन गुरुङ गम्भीर घाइते भएका छन् । बाह्रघरेबाट नारायणगढ आउँदै गरेको बा १ ख ९५५४ नम्बरको ट्रकलाई लक्षित गरेर मोटरसाइकलमा आएका दुई जनाले पेट्रालले भरिएको सिसी आगो लगाएर फालिदिएको बुझिएको वडा प्रहरी कार्यालय नारायणगढका इन्स्पेक्टर मदनजीत महराले बताए । ट्रक जलेर क्षतिग्रस्त भएको छ । क्षति भएको ट्रक जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । घाइते भएका चालक अस्मिन गुरुङलाई कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा प्राथमिक उपचारपछि थप उपचारको लागी काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी सञ्जयबहादुर राउतले बताए । घटनामा संलग्नहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis