Incident Reports

विराटनगरमा पनि राप्रपाको प्रदर्शन, हिन्दु राष्ट्र बनाउन माग

2019-02-19

Province 1, Morang, Biratnagar

 राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको माग गर्दै विराटनगरमा पनि प्रर्दशन गरेको छ।

प्रजातन्त्र दिवसको अवसरमा विराटनगरस्थित संसारीमाइ स्थानबाट निकालिएको र्‍यालीका सहभागीले सनातन हिन्दु राष्ट कायम गर, भष्टचारीलाई कारवाही गर र दण्डहीनता अन्त्य गर लगायतका नारा लगाउँदै बजार परिक्रमा गरे।

कमल थापाको उद्घोष : राप्रपा अब पहिलो वैकल्पिक पार्टी बन्छ७७ वटै जिल्लामा राप्रपाको घरदैलो, मेची महाकाली यात्राको तयारीमा राप्रपा : शाकाहारी आहारदेखि साँझको आरती सम्म हिन्दु राष्ट्र र संघीयताबारे जनमत संग्रह गर्न राप्रपाको अल्टिमेटम राप्रपाले भन्यो : बहुदलयताका सबै ठुलाबडाको सम्पत्ति छानबिन गरौँ राप्रपाले  प्रदेश १ मुख्यमन्त्री कार्यालयका उपसचिवमार्फत् २२ बुँदे ज्ञापनपत्र बुझाएका छन्। मुख्यमन्त्री कामविशेष बाहिर रहेकाले मुख्यमन्त्री कार्यालयका उपसचिवमार्फत् संघीय सरकारलाई ज्ञापन पत्र बुझाएको राप्रपानिकट तराई मधेस संगठनका प्रमुख दिनेश शाहले जानकारी दिए।

नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने मागसहित भ्रष्टाचार नियन्त्रण, बेरोजगारलाई रोजगारी, किसानको हीत लगायत २२ बुँदे माग ज्ञापनपत्रमा समेटिएका छन्।

राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा फागुन १५ गते ताप्लेजुङदेखि सुरु भएर फागुन ३० गते काठमाडौंमा समापन गर्ने तयारी छ। फागुन १७ गते विराटनगरको महेन्द्र चोकमा जनसभा गर्ने कार्यक्रम तय भएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 50
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments