Incident Reports

देउवाको गृहजिल्लामा ओलीलाई कालोझण्डा

2019-02-18

प्रधानमन्त्री केपी शर्मा ओलीलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको गृहजिल्लामा १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न आएका ओलीलाई नेपाली कांग्रेसका कार्यकर्ताले मंगलबार स्याउले बजारमा कालोझण्डा देखाएका थिए।

कालोझण्डा देखाएको भन्दै कांग्रेस जिल्ला कार्यसमितिका सदस्य गोकुल शाही, नेपाल दलित संघका अध्यक्ष सन्तोष जैरु, नेपाल सांस्कृतिक संघका अध्यक्ष प्रकाश जैरु, नेपाल नाइ संघका अध्यक्ष शियाशरण ठाकुर, स्ववियु सभापति जगत ऐर, पदम खाती, पदम भण्डारी, रामबहादुर भण्डारी र संजय जैरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई केहीबेर हिरासतमा राखेर छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘पश्चिम सेती मेरै पालामा सम्पन्न हुन्छ’

१३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुचर्चित पश्चिम सेती जलविद्युत आयोजना आफ्नै पालमा फेरि काम सुरु भएर सम्पन्न हुने दाबी गरे। सदरमुकामदेखि तीन किलोमिटर दुरीमा रहेको स्याउले बजार नजिकै दुधकाँडेमा निर्मित स्याउले १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री रहेकै बेला पश्चिम सेती आयोजनाको निर्माण कार्य सम्पन्न हुने बताए।

ट्युब र तुइनको प्रयोग गरेर महाकाली नदीमा जोखिमपूर्ण यात्रा गर्नु परिरहेको बताउँदै ओलीले आफ्नो भारत भ्रमणका क्रममा उत्तरप्रदेश र उत्तराखण्ड सरकारका मुख्यमन्त्रीसँग महाकाली नदीमा पुल निर्माणका लागि छलफल गरेको र चाँडै पक्की पुलहरु निर्माण गरिने बताए।

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लामा विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले नेपाल सरकारको लगानीमा सवस्टेशन निर्माण गरिएको हो। सवस्टेशन निर्माण गर्न रु २८ करोड लागत अनुमान गरिएको आयोजनाले जनाएको छ।  इष्ट इन्डिया उद्योग र वाइवा इन्फाटेक जेभीले निर्माण कार्य सम्पन्न गरेको सवस्टेशनमा ३० एमभीए क्षमताको १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ८ एमभीए क्षमताको ३३/११ के.भी.को एउटा वितरण टान्सफर्मर गरि दुईटा ट्रान्सफर्मर राखिएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments