Incident Reports

कर्णाली महोत्सवको तयारीमा रहेका कलाकारमाथि खुँडा प्रहार, अवस्था गम्भिर

2019-02-06

Karnali, Surkhet, Birendranagar

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुन गइरहेको कर्णाली महोत्सवको तयारीमा जुटेका कलाकार जनक तारामी मगरमाथि खुँडा प्रहार भएको छ ।

कलाकार मगर माथि बुधबार साँझ साढे ७ बजे पुल ओए कटेजमा अज्ञात समुहले खुँडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार खुँडा प्रहार रोक्न खोज्दा मगरको टाउकोमा गम्भीर चोट लागेको छ भने औँला समेत काटिएको छ । रगताम्य मगरलाई तत्काल उपचारको लागी प्रदेश अस्पताल कालागाँउ लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ ।

बागिना समुहका अध्यक्ष गोविन्द कोइरालाले आक्रमणको बिरोध गर्दै कलाकारको पूर्ण सुरक्षाको ग्यारेन्टी नहुँदासम्म जिल्लामा हुने कुनै पनि कार्यक्रममा सहभागि नहुने बताए । ‘यो घटनाबाट कलाकारनै असुरक्षित भएका छन् ।

उनिहरुको हातखुट्टा नै काटिएको छ, सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने माग हामीले प्रहरी प्रशासन समक्ष गरेका छौँ, ’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Banke

0 Comments

Related Reports